रामेछाप । बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सधै अर्काको खुट्टा टेकेर बलियो नहुने बताउनु भएको छ । रामेछाप नगर नेकपा एमालेको कार्यालय उद्घाटनको क्रममा उहाँले उक्त कुरा बोल्नु भएको हो ।
मन्त्री ढुंगेलले भन्नु भयो “सधै अर्काको खुट्टा टेकेर बलियो हुदैन, आफ्नै तागतमा चुनाव लड्नु पर्छ, आफ्नै तागतमा झण्डा उठाउनु पर्छ, अर्काे रिसाउछकी ? उल्ले पो विगार्छकी ? भनेर आफ्नो घरको मसिनो चामल छोडेर छिमेकी घरको फापरको ढिडो खान गएर हुदैन ।”
कार्यक्रममा अधिकांश समय ओलीको पक्षमा बोल्नु भएका मन्त्री ढुंगेलले बागमति प्रदेश सदस्य शान्ति प्रसाद पौडेलतिर फर्केर “रामेछापमा पनि लड्डु फ्याट्ट आ’छ, मान्छे लरबर” भन्दै ब्यंग्य गर्नुभयो । बाँकी उहाँले के-के बोल्नुभयो ? पुरा भिडियो हेर्नुहोस् ।