बेलायतको राजदूतमा पूर्वमुख्यसचिव रेग्मी नियुक्त

  • प्रकाशित मिति: सोमबार, माघ ५ २०७७
  • तामाकोशी

काठमाडौं । पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।



रेग्मीले गत असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए । रेग्मीलाई सरकारले उनले राजीनामा गरेकै दिन बेलायतका लागि राजदूत सिफारिस गरेको थियो ।