नेपालमा ९७ प्रतिशतभन्दा धेरै सङ्क्रमित कोरोनामुक्त

  • प्रकाशित मिति: सोमबार, पुष २० २०७७
  • तामाकोशी

काठमाण्डौ । पुस २० गते,
नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितमध्ये ९७ प्रतिशतभन्दा धेरै निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म दुई लाख ६२ हजार दुई सय ६२ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई लाख ५५ हजार ८८ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो कुल सङ्क्रमितको ९७ दशमलव २६ प्रतिशत हो । पछिल्लो २४ घण्टामा चार सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने पाँच सय ९४ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा सात जनासहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार आठ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै सोमबारसम्म नेपालमा पाँच हजार दुई सय ८९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने तीन सय ४२ जना क्वरेण्टीनमा रहेका छन् ।