रामेछाप साँस्कृतिक कलाकार समाज गोकुलगंगा कार्यसमिति गठन

  • प्रकाशित मिति: सोमबार, पुष १३ २०७७
  • तामाकोशी

गोकुलगंगा । रामेछाप साँस्कृतिक कलाकार समाज गोकुलगंगा गाउँपालिका कार्य समिति गठन भएको छ । आइतबार एक कार्यक्रमको विच गाउँपालिका कार्यालय रस्नालुमा नयाँ कार्य समिति गठन भएको हो ।

पालिका गठन संयोजक तिर्थविरक्त पाख्रिनको अध्यक्षतामा भएको उक्त कार्यक्रमबाट रन्जु घिमिरेको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्य समिति छनौट गरेका छन् । कार्यसमितिको उपाध्यक्ष (गगन) उत्तर सुनुवार, महिला उपाध्यक्ष सावित्रा भुजेल, सचिव गोमा कार्की, सह सचिवमा विर बहादुर तामाङ, कोषाध्यक्ष मोहनलिला सुनुवार चयन भएका छन् । साथै अन्य कार्यसमिति सदस्यहरुमा देवी कार्की, कल्याणी बस्नेत, युवराज कार्की, इश्वरी दाहाल र अनिसा खाति निर्विरोध चयन भएका छन् ।



कार्यक्रमका प्रमुख अतिथि गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारले रामेछाप साँस्कृतिक कलाकार समाज प्रति सदैब साथ सहयोग रहने बताउनु भएका छ । उहाँले गोकुलगंगा गाउँपालिका स्तरिय नयाँ कार्यसमितिलाई शुभकामना दिदै पालिकाभित्रको विकास निर्माण, पर्यटन प्रवर्धन, स्थानिय कला सस्कृति, सस्कार संरक्षण र सम्बर्धनको लागि सधै हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्न भयो ।

नयाँ कार्यसमिति पदाधिकारीहरुलाई संस्थापक अध्यक्ष अमृतबहादुर सुनुवारले सपथ खुवाउनु भएको थियो । कार्यक्रमको बारेमा बरिष्ठ उपाध्यक्ष कुमार कार्कीले प्रकास पार्दै रामेछाप साँस्कृतिक कलाकार समाजको बर्तमान अबस्थाको बारेमा जानकारी दिनु भएको थियो ।