लिखु तामाकोशी । रामेछापको लिखुु तामाकोशी गाँउपालिकामा १५ शैयाको अस्पताल बन्ने भएपछि स्थानिय नागरिक खुसी भएका छन् ।
वडा नं. ४ नागिडाँडामा सोमबार अस्पतालको शिलन्यास गरेसंगै उनीहरु आफ्नै गाँउघरमा सुविधासम्पन्न १५ शैयाको अस्पताल बन्ने पक्का भयो भनी खुसी भएका हुन् ।
समयमा अस्पतालको सामिप्यता नपाएर गाँउका धेरैले अकालमा ज्यान गुमाउन परेको जग्गादाता दिल्ली सुनुवारले भावुक मुद्रामा विगतको सम्झना गर्नुभयो । उहाँले भन्नु भयो “०५७/०५८ तिरको घटना अहिले पनि ताजा जस्तै लाग्छ, अबका दिन त्यस्ता घटना घट्न नपरोस भनेर मैले जग्गा निशुल्क दिएको हुँ ।”
अस्पताल निर्माणको लागि स्थानिय दिल्लीबहादुर सुनुवारले ४ रोपनी, विरबहादुर सुनुवारले १ रोपनी १२ आना निशुल्क अस्पतालको नाममा जग्गादान गर्नु भएको छ भने रेखबहादुर सुनुवारले ३ रोपनी ४ आना निशुल्न दान गर्ने बचन दिनुभएको छ ।
शिलान्यास कार्यक्रममा कस्ले के बोले ?