रुसमा बनेको भ्याक्सिन पुटिन आफैंले किन लगाएका छैनन् ?

  • प्रकाशित मिति: शनिबार, मंसिर १३ २०७७
  • तामाकोशी

एजेन्सी । राष्ट्रपति भलाद्मीर पुटिनले महिनौँ अगाडि नै, रुसमा निर्मित ‘स्पुतनीक–भी’ लाई विश्वकै पहिलो स्वीकृत कोरोनाविरुद्धको खोप भनि घोषणा गरेका थिए भने आफ्नी छोरीले समेत लगाइसकेको बताएका हुन् । तर उनी आफैँले चाहिँ यो खोप प्रयोग नगर्ने बताइएको छ ।

६८ वर्षीय पुटिन पनि कोरोना भाइरसको उच्च जोखिमपूर्ण समुहमा पर्दछन् र रुसमा गत अक्टोबर २८ देखि नै ६० वर्ष भन्दा माथिको उमेरका स्वयमसेवकलाई खोपको ट्रायलमा संलग्न गराइएको थियो । तर मंगलबार क्रेम्लिनले यस सम्बन्धी स्पष्टिकरण दिँदै अन्तिम चरणको ट्रायल नसकिएसम्म पुटिनले सो खोप लगाउन नमिल्ने बताएको हो ।



जबकि यही खोपको डोज रुसका फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई भने लगाइसकिएको छ । र क्लिनिकल ट्रायल भन्दा बाहिर शिक्षकहरु अनि उच्च तहमा कार्यरत अधिकारीहरुलाई पनि यो खोप दिइएको थियो ।