पाँच बर्षपछि भाइटीकाको दिन खुल्यो रानीपोखरीको मन्दिर

  • प्रकाशित मिति: सोमबार, मंसिर १ २०७७
  • तामाकोशी

काठमाडौं । भाइटीकाका लागि आज र भोलि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ ।

२०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम सम्पन्न भएपछि यो वर्ष भाइटीकाका लागि खुला गरिने भएको हो । दाजुभाइ र दिदीबहिनी नभएकाहरु जम्मा भएर भाइटीका लगाउने गर्दछन् । काठमाडौं महानगरपालिकाले भाइटीकाको अवसर पारेर आज र भोलि गरी दुई दिन मन्दिर खुला रहने जनाएको छ ।



यो वर्ष तिथी घटबढका कारण दुई दिन भाइटीका लगाइने भएकाले आज र भोली मन्दिर खुला हुने हुने भएको हो ।