काठमाडौं । नेपाहरुको महान चाड दशै र तिहार यती बेला प्रत्येक नेपाली हरुको घर-दैलोमा आएको छ । नेपालि हिन्दुहरुको महान चाड दशैँ तथा तिहार शुभकामना सहित सर्जक तथा गायक भूपू पाण्डेको प्रस्तुति मेलिना मैनालीको तिहार गितलाई म्युजिक भिडियो बनाएर सामाजिक सन्जाल आफ्नै यु-ट्युब च्यानलमा तिहार गित”मेरो दाई”सार्वजनिक भएको छ ।
गीतमा भूपू पाण्डेको संगीत तथा संगीत संयोजनमा तयार भएको गीतमा भूपू पाण्डे र मेलिना मैनालीको स्वर रहेको छ भने मधुरकवि उपाध्यायको शब्द सृजना रहेको छ । राज पोखरेलले छायांकन गरेको म्युजिक भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा स्वयम गायक गायिकाको अभिनय रहेको छ ।
भूपू पाण्डेको यसभन्दा पहिलेका सबै गित उत्तिकै लोकप्रिय छन् भने “छोटो छ जिन्दगि फोटो खिचेर राख”गीतले झन् सफलता हात पारेका हुन् ।