कोरोनाका कारण १७ जनाको मृ,त्यु

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक ७ २०७७
  • तामाकोशी

आज भोलि दिन प्रतिदिन कोरोना बढ्दो क्रमामा छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १७ जनाको नि,धन भएको छ । योसमेत देशभर हालसम्म संक्रमणबाट नि,धन हुनेको संख्या आठ सय २९ पुगेको छ । शुक्रबार देशभर चार हजार चार सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा २६ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी संक्रमितमध्ये दुई सय ९० जनाको आइसियू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।