कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको पनि ह,त्या गरेको प,क्राउ परेका अभियुक्तहरुले स्वीकार गरेका छन् । प्रहरीले १६ जनालाई प,क्राउ गरेकोमा त्यसमा ६ जना घट,नामा संग्लन रहेको प्रहरी स्रोतले बतायो ।
उनहरुले दुवै जना प्रहरीको ह,त्या गरेको स्वीकार गरेका छन् । घट,नामा संग्लन रहेका एक जनाले प्रहरीलाई दिएको साविति बयानलाई उद्धृत गर्दै ती अधिकारीले, “हामीले नेपालबाट सामान भारत तस्करी गर्ने क्रममा प्रहरीले अव,रोध गरे । अव,रोध गरेपछि सुरुमा प्रहरी जवान साउँदमाथि आक्रमण ग¥यौँ । घेरा हालेर असईमाथि आक्रमण ग¥यौँ । सुरुमा जवानको हत्या ग¥यौँ । उनलाई पनि मोहना नदीमा फाल्यौं । त्यसपछि असईको पनि ह,त्या गरेर मोहनामै फालेका हौं ।”
शनिबार साँझ ८ बजे मोटरसाइकलमा गस्ती गएकामध्ये असई विक आइतबार बिहान मृ,त अवस्थामा मोहना नदीमा फेला परे पनि प्रहरी जवान साउँदको अवस्था भने अज्ञात छ । घट,नास्थलमा साउँदले प्रयोग गर्ने गरेको मोबाइल र एउटा बुट फेला परेको थियो । विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो । प्रहरीले सीमा क्षेत्रमा तस्कर समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका उनीहरु तस्करकै सिकार बनेको दाबी गर्दै आएको थियो ।
आइतबारदेखि प्रहरी टोली र स्थानीय साउँदको खोजीमा लागेका छन् । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले भने, “हामी अभियुक्तको नजिक पुगिसकेका छौं । केही प,क्राउ पनि परेका छन् । सामूहिक रुपमा प्रहरीमाथि आक्र,मण भएको देखिन्छ । तस्करको काममा अव,रोध गर्दा आक्रमण भएको हो । छिट्टै सबै अभियुक्तलाई सार्वजनिक गर्छौँ ।”
केही दिन अघि असई विकको टोलीले सोही नाका भएर अवैध रुपमा नेपाल भित्रिँदै गरेको सुर्तीजन्य पदार्थ बरामद गरेको थियो । प्रहरीमाथि आक्र,मण भएको क्षेत्र आप,राधिक गतिविधि हुने क्षेत्र मानिँदै आएको छ । मोहना नदीले नेपाल–भारतको सीमा छुट्याएको छ । विगतमा पनि नेपालमा अपराध गरेर भारतमा लुक्ने र भारतमा अप,राध गरेर नेपाल पस्ने गरेको पाइएको प्रहरी अधिकारी बताउँछन् । सो क्षेत्रबाट तस्करले अवैध सामान मोहना नदी तरेरै नेपाल भित्र्र्याउने गरेका छन् ।