काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ जनाको मृ,त्यु र १६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौंका १ हजार २८० , भक्तपुरका १९६ र ललितपुरका १६२ जनामा कोरोना भाइरस संक्र-मण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै काठमाडौंमा ६७ वर्षीया महिला, भक्तपुरमा ६१ र ५१ वर्षीया महिला र ललितपुरमा ३२ र ७० वर्षीय पुरुषको कोरोनाबाट मृ/त्यु भएको छ । नेपालमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमितको संख्या ८२ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा संक्रमण देखिएसँगै संक्र/मितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।
२१ हजार २३४ कोरोनाका सक्रिय संक्र/मित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ४७४ जना रहेका छन् भने होम आइसोलेसनमा ११ हजार ७६० जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८८५ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ७३९ नमूनाको पीसीआर परीक्षण भएको छ। शुक्रबार ३ हजार ३०७ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ६० हजार ६९६ पुगेको छ।
आइसीयूमा २१० र भेन्टिलेटरमा २९ जनाको उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ५२० जनाको मृ/त्यु भएको छ। शुक्रबार मात्रै उपत्यकाका ५ सहित ११ जनाको मृ/त्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।