काठमाडौं-संचारकर्मी तथा संगीतकार कमल सरगमको शब्द तथा घमेश दुलालको संगीतमा प्रताब दास,समिक्षा अधिकारी र बालकलाकार आयुषा गौतमको स्वरमा काठ क्षेत्रको प्रतिनिधि गरेर दशैँ तथा तिहारको शुभकामना सहित”सानु” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कमल सौरागको संगीत सयोजन रहेको गीतको म्युजिक भिडियोमा आकाश श्रेष्ठ,एलिजा गौतम,समिरा थापा र गुरास ढकालको अभिनय रहेको छ ।
शन्तोष राजबाहकको कोरियोग्राफी रहेको भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईको रहेको छ । भिडियोको सम्पादन भने दिन्सन शाहले गरेका हुन् । प्रभान जीको टिमले निर्देशन गरेको म्युजिक भिडियोलाई बजार व्यवथापन भने DAR MOVIES ले गरेको छ ।
हेर्नुहोस भिडियो :