काठमाडौंका ३२ वटा वडामा कोरोना भाइरस ९कोभिड(१९० का संक्रमित भेटिएका छन्। तिमध्ये सबैभन्दा धेरै वडा नम्बर ३२ को कोटेश्वर क्षेत्रमा मात्र १२३ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो समय काठमाडौंसँगै उपत्यकाका ललितपुर र भक्तपुरमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। उपत्यकाका तीन जिल्लामा मात्रै ३ हजार २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अन्नपुर्ण पोष्टमा लेखीएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै एक हजार ७ सय ६२ पुरुष र ८ सय १७ महिला गरेर २ हजार ५ सय ७९ जनामा कोरोना पुष्टि भएको छ। यस्तै ललितपुरमा २ सय २५ पुरुष र १ सय ८६ महिला गरेर ४ सय ११ जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा १ सय ७३ पुरुष र ९९ महिला गरेर २ सय ७२ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा शनिबारसम्ममा ३२ वटा वडामा १ हजार ६ सय ६ जनामा कोरोना पुष्टि भएकोमा १ सय ८८ जना निको भएका छन्। ८ जनाको भने ज्यान गएको छ।
काठमाडौंको पनि कोटेश्वरमा धेरै संक्रमित छन्। कोटेश्वरमा मात्रै १ सय २३ जनामा कोरोना हुँदा ७ जना निको भएका छन् ।नेपालमा अहिलेसम्म ६ लाख ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ३१ हजार ९ सय ३५ जनामा कोरोना पोजेटिभ आएको छ। जसमध्ये १८ हजार ६ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। संक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ रहेको छ।
१ सय ४९ जनाको भने कोरोना संक्रमणका कारण ज्यान गएको छ। आजमात्रै ८ सय १८ जनामा कोरोना पुष्टि भएको छ भने २ सय ८१ जना निको भएका छन्। तीन जनाको भने कोरोनाकै कारण ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाले मृ त्यु हुनेको संख्या १४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।