कुनै ठाउँको प्राकृतिक वातावरण त्यस ठाउँको हावापानी हो । यो कुनै ठाउँको जलवायु हो, त्यस ठाउँको मौसम हो । हावापानीले प्राणीको जीवनमा अनुकूल वा प्रतिकूल प्रभाव पार्ने गर्दछ । नेपालमा भु मध्यरेखामा बस्ने बासिन्दादेखि धु्रवीय प्रदेशमा बस्ने बासिन्दा सम्मलाई सुहाउँदो हावापानी पाइन्छ । भू बनोटका आधारमा नेपालमा उष्ण मनसुनी, न्यानो समशीतोष्ण, ठण्डा समशीतोष्ण, लेकाली र हिमाली हावापानी गरी पाँच प्रकारका हावापानी पाइन्छन् । नेपालको हावापानीका विशेषतालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:
मनसुनी हावापानी पाइने,
नेपालको हावापानी भू धरातलीय उचाइ र सामुद्रिक दूरताबाट प्रभावित हुने,
नेपालमा ग्रीष्मकालीन र शीतकालीन गरी दुई प्रकारका मनसुनी वायु बहने,
ग्रीष्मकालीन मनसुनी वायुले खासगरी असार,साउन र भदौ महिनामा वर्षा गराउने,
नेपालको हावापानीले भारतीय उष्ण हावापानी र तिब्बती शुष्क हावापानीलाई छुट्याउने,
नेपालको हिमालय पर्वत शंखलाले हावापानीको सिमाको रुपमा काम गर्ने,
नेपालमा पर्वतले ओसिलो हावा छेकेर पर्वतीय वर्षा हुने ।
-बुधबार विशेषबाट
नेपालको हावापानीका विशेषताहरु उल्लेख गर्नुहोस् भाग ४
- प्रकाशित मिति: शनिबार, साउन १० २०७७
- तामाकोशी