एलिना रायमाझीको बिहे बनपालेसँग…

  • प्रकाशित मिति: बिहिबार, असार १८ २०७७
  • तामाकोशी

नेपाली लोक दोहोरी क्षेत्रमा गित आउने क्रममा “बनपालेको लौरी” बोलको गीत बजारमा आएको छ जुन गीतमा नेत्र भण्डारी र कृष्ण केसीको सुमधुर आवाज रहेको छ भने गीतमा करण न्यौपानेले शब्द कोरेका छन् भने कृष्ण केसीले संगीत दिएका छन् । शिवन पोखरेलले निर्देशन गरेको म्युजिक भिडियोलाई करण चैसिरले छायाकन गरेका हुन् भने क्रान्ति केसीले सम्पादन गरेका हुन् ।

म्युजिक भिडियोमा नेत्र भण्डारी, शिवन पोखरेल, एलिना रायमाझी, सुमन परियार, कृष्ण केसी, बिपलव खड्का, विकास बस्नेत,बिनोद लोहनी र रामकृष्ण श्रेष्ठको अभिनय रहेको छ । रायमाझी अनेक ड्रेसअपमा देखिएकी छन् । रायमाझीका दर्जनौ भिडियो बजारमा आएका  सवै म्युजिक उत्तिकै चर्चामा रहेका छन् । भिडियो रिजन नेपालको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो ।
हेर्नुस् भिडियो..