रामेछाप । असार ९ गते,
रामेछापमा कोरोना परीक्षणका लागि ४ सय १६ जनाको स्वाब संकलन गरिएकोमा २८ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । हालसम्म ३ सय ६५ जनाको नेगेटिभ रिपोर्ट आएको र २३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । मन्थली नगरपालिमा ६१ , रामेछाप नगरपालिमा ५८ ,खाँडादेवी गाउँपालिमा ३३ , गोकुलगंगा गाउँपालिमा १ सय ८ , दोरम्बा गाउँपालिमा १२ , लिखुतामाकोशी गाउँपालिमा ८५, उमाकुण्ड गाउँपालिकामा ३२ , सुनापति गाउँपालिमा ८ र जिल्ला अस्पतालमा १९ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा २८ जनाको रिपोर्ट आउन बाँकि रहेको कर्णले बताए । कर्णका अनुसार मंगलबार उमाकुण्ड गाउँपालिकामा ८ र जिल्ला अस्पतालमा ३ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । कोरोना पुष्टि भएका १३ जनालाई कोरोना मुक्त भएपछि डिस्चार्ज गरिएको छ भने ६ जनाको जिल्ला अस्पताल र ३ जनाको लिखुतामाकोशी गाउँपालिकाको आइसोलेशनमा उपचार भैरहेको कर्णले जानकारी दिए । उनका अनुसार आइसोलेशनमा रहेको ९ जनाकै स्वास्थ्य अवस्था सामान्य छ । जिल्लामा अहिलेसम्म ८ सय ६७ जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
यस्तै जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले १ सय २१ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला ६ र पुरुष १ सय १५ जनालाई क्वारेन्टिनमा राखिएको हो । उमाकुण्ड गाउँपाकिलामा ८ , मन्थली नगरपालिकामा १८ , रामेछाप नगरपालिकामा २९ , गोकुलगंगा गाउँपालिकामा १९ , दोरम्बा गाउँपालिकामा ३ , खाँडादेवी गाउँपालिकामा १४ र लिखुतामाकोशी गाउँपालिकामा ३० जना गरी १ सय २१ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिए । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७५ शैयाको आइसोलेशन कक्ष र ५ सय ९ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।
रामेछापमा २८ जनाको पीसीआर रिपोर्ट आउन बाँकि, १२१ जना क्वारेन्टिनमा
- प्रकाशित मिति: मंगलबार, असार ९ २०७७
- तामाकोशी