काठमाडौं । असार ८ गते,
नेपालमा कोरोना संक्रमितको ९ हजार ५ सय ६१ संख्या पुगेको छ ।सोमबार मात्रै थप ५३५ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार विभिन्न जिल्लामा ५३५ कोरोना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार नेपालका ७७ जिल्लामध्य रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये २ हजार १ सय ४२ जना डिस्चार्ज भएका छन् भने २३ जनाले ज्यान गुमाएका छन् ।
कोरोना संक्रमितको संख्या ९५ सय ६१ पुग्यो, थप ५३५ जनामा संक्रमण पुष्टि
- प्रकाशित मिति: सोमबार, असार ८ २०७७
- तामाकोशी