नेपालमा कोरोना मुक्त हुनेको संख्या १४ सय नाघ्यो, थप २१६ जना डिस्चार्ज

  • प्रकाशित मिति: शुक्रबार, असार ५ २०७७
  • तामाकोशी

रामेछाप । असार ५ गते,
नेपालमा नैनिक रुपमा कोरोना संक्रमित हुनेहरुको संख्या बढेसंगै कोरोना मुक्त हुनेहरुको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा २ सय १६ जना कोरोना भाइरस कोभिड १९ बाट निको भएर डिस्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना मुक्त हुनेको संख्या एक हजार चार सय २ पुगेको छ । हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८ महिलासहित ४ सय २६ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ८२ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । ७४ जिल्लामा फैलिसकेको कोेरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप कसैको मृत्यु नभएको डा. गौतमले बताए । अहिलेसम्म नेपालमा कोरोनाबाट २२ जनाको मृत्यु भएको छ ।