नेपालमा ११ सय ६७ जना कोरोना मुक्त

  • प्रकाशित मिति: बुधबार, असार ३ २०७७
  • तामाकोशी

रामेछाप । असार ३ गते,
नेपालमा कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या दैनिक रुपमा बढेसंगै कोरोना मुक्त हुनेहरुको संख्या पनि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाई जितेर डिस्चार्ज हुनेको संख्या एक हजार एक सय ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । ७३ जिल्लामा फैलिसकेको कोरोनाबाट हालसम्म नेपालमा ७ हजार एक सय ७७ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी ५ सय ८६ जना नयाँ संक्रमित थपिएका छन्