काठमाडौँ, १ असार । सुदूरपश्चिममा सोमबार एकै दिनमा थप ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनीहरुको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो । प्रदेशमा एकै दिनमा थपिएको यो अहिलेसम्मकै धेरै संख्या हो । सेती प्रादेशिक अस्पतालका अनुसार ६५ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको हो ।
संक्रमितहरु बैतडीका २१ जना रहेका छन् । त्यस्तै, डोटीका २० जना रहेका छन् । त्यसैगरी, कैलालीका १३ जना र कञ्चनपुरका ११ जनामा संक्रमण पुष्टि भएको छ भने अछामका ३ जनामा संक्रमण भेटिएको छ । प्रदेशमा पछिल्लो तथ्यांकसँगै ३ सय ३२ जना संक्रमित पुगेका छन् । सबैभन्दा धेरै कैलालीमा ९३ जना संक्रमित छन् । कञ्चनपुरमा ६६, डडेल्धुरामा ३९, डोटीमा ३७, बैतडीमा २७, अछाममा २२, बजुरामा, २१ बझाङमा १४ र दार्चुलामा १२ जना कोरोना संक्रमित रहेका छन् । सुदूपश्चिममा २ जनाको मृत्यु भइसकेको छ भने २१ जनाले कोरोना जितेका छन् ।