रामेछाप । जेठ ३० गते,
जिल्लामा ८५ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । २ सय ४० जनाको स्वाब संकलन गरी पठाइएकोमा १७ जनाको पोजेटिभ आएको छ । हालसम्म १ सय ३८ जनाको नेगेटिभ रिपोर्ट आएको र ८५ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनका अनुसार शुक्रबार थप ९० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको छ ।
हालसम्म मन्थली नगरपालिमा ४९ , रामेछाप नगरपालिमा ४५ ,खाँडादेवी गाउँपालिमा १९ , गोकुलगंगा गाउँपालिमा २३ , दोरम्बा गाउँपालिमा १२ , लिखुतामाकोशी गाउँपालिमा ६३ र सुनापति गाउँपालिमा ५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएकोमा ८५ जनाको रिपोर्ट आउन बाँकि रहेको कर्णले बताए । जिल्लामा शुक्रबारसम्म ८ सय ६७ जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछापमा ८५ पीसीआर रिपोर्ट आउन बाँकि , शुक्रबार ९० जनाको स्वाब संकलन
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३० २०७७
- तामाकोशी