रामेछाप । जेठ ३० गते,
लोकतान्त्रिक समाज रामेछापले जिल्ला अस्पतालको आइसोलेशनमा रहेका कोरोना संक्रमितहरुलाइ पोषणयूक्त खानेकुरा उपलब्ध गराएको छ । जिल्ला अस्पतालको आइसोलेशनमा रहेका कोरोना संक्रमितहरुलाइ आत्मबल बलियो पार्न र कोरोना भाइरससँग लड्न हौसला प्रदान गर्ने उदेश्यले समाजले संक्रमितको रोग प्रतिरोधात्मक क्षेमता वृद्धि गर्ने खानेकुराहरु उपलब्ध गराएको समाजका अध्यक्ष राजेश कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार संक्रमितका लागि फलफूल अनार, स्याउ ,केरा , ५ सय एमएलको १७ थान च्यावनप्रास प्रदान गरिएको छ । स्वास्थ सुरक्षा सामाग्रिमा १ सय जोर पन्जा , ५ सय थान सर्जिकल मास्क र १ हजार एमएल सेनिटाइजर उपलब्ध गराएको बताइएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिकाका ११ र लिखुतामाकोशी गाउँपालीकाका ६ जना गरी १७ जनामा जेठ २३ गते शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
संक्रमित मध्ये जिल्ला अस्पतालको आइसोलेशनमा अहिले १६ जना संक्रमित रहेका छन् । एक जनाको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि बिहीबार काठमाडौ पठाएइको जिल्ला अस्पताल रामेछापका प्रमुख डा. आनन्द आचार्यले जानकारी दिए । यसैगरि रामेछाप नगरपालिकाका उपप्रमुख सिर्जना खड्काले कोरोना संक्रमितलाई रामेछाप राख्ने कार्यमा सहयोग गरेको धन्यवाद व्यक्त गर्नुहेदै संक्रमितको पोषणका लागि सहयोग गरेकोमा समाज प्रति आभार व्यक्त गरिन् । त्यस्तै कोरोना नियन्त्रण तथा उपचारमा अस्पताललाई आवस्यक पर्ने सबै किसिमको सहयोग गर्न नगरपालिका तयार रहेको पनि खड्काले प्रतिबद्धता व्यक्त गरिन् । संक्रमितलाई उपलब्ध गराएको सामाग्रीहरु लोकतान्त्रि समाज रामेछाप र नेपाली कांग्रेस रामेछाप काठमाडौ सम्पर्क समितिले संयुक्त रुपमा उपलब्ध गराएको हो ।
कोरोना संक्रमितलाई पोषणयुक्त खानेकुरा र सुरक्षा सामाग्री
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३० २०७७
- तामाकोशी