रामेछापमा १ सय ५० स्वाब संकलन, ३२ जनाको रिपोर्ट आउन बाँकि

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २७ २०७७
  • तामाकोशी

रामेछाप । जेठ २७ गते,
रामेछापका ३२ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । १ सय ५० जनाको स्वाब संकलन गरी कोरोना भाइरस कोभिड १९ को परीक्षणका लागि पठाइएकोमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वाब पठाइएका मध्ये १ सय १ जनाको रिपोर्ट नेगेटिभ र ३२ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।
कर्णका अनुसार अहिलेसम्म मन्थली नगरपालिमा ४४ , रामेछाप नगरपालिमा ३१ ,खाँडादेवी गाउँपालिमा १९ , गोकुलगंगा गाउँपालिमा २३ , दोरम्बा गाउँपालिमा १० , लिखुतामाकोशी गाउँपालिमा १८ र सुनापति गाउँपालिमा ५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएकोमा ३२ जनाको रिपोर्ट आउन बाँकि छ ।
मंगलबार थप १ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको छ । मंगलबारसम्म जिल्लामा ८ सय ६० जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।