रामेछाप । जेठ २६ गते,
रामेछाप जिल्लामा ३१ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । १ सय ४९ जनाको स्वाब संकलन गरी पठाइएकोमा १७ जनाको पोजेटिभ , १ सय १ जनाको नेगेटिभ रिपोर्ट आएको र ३१ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार अहिलेसम्म मन्थली नगरपालिमा ४४ , रामेछाप नगरपालिमा ३० ,खाँडादेवी गाउँपालिमा १९ , गोकुलगंगा गाउँपालिमा २३ , दोरम्बा गाउँपालिमा १० ,लिखुतामाकोशी गाउँपालिमा १८ र सुनापति गाउँपालिमा ५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएकोमा ३१ जनाको रिपोर्ट आउन बाँकि छ । सोमबार मात्रै २९ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको छ । कोरोना संक्रमण पुष्टि भएका १७ जनालाई जिल्ला अस्पतालको आइसोलेशनमा उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । सोमबारसम्म जिल्लामा ८ सय ५३ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछापमा ३१ जनाको पीसीआर रिपोर्ट आउन बाँकि
- प्रकाशित मिति: सोमबार, जेष्ठ २६ २०७७
- तामाकोशी