नेपालमा कोरोना संक्रमितको संख्या ३४ सय ४८ पुग्यो, थप २१३ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २५ २०७७
  • तामाकोशी

काठमाडौं । जेठ २५ गते,
नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।  पछिल्लो २४ घण्टामा २१३ जना थपिएसँगै कूल संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये अधिकांश क्वारेन्टिनमा बसेकाहरू रहेको जानकारी दिए । संक्रमित मध्ये १३ जनाले ज्या*न गुमाएका भने ४६७ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन् । आइतबारसम्म ९६ हजार २ सय ५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । देशभरका क्वारेन्टिनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन् ।