जुम्लामा कार्यरत एक सहित रामेछापका १८ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ २३ २०७७
  • तामाकोशी

रामेछाप । जेठ २३ गते,
रामेछाप जिल्लाका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गरिएका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेहरु १७ देखी ४९ वर्ष सम्मका पुरुष रहेका छन् । जिल्लाको गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको बताइएको छ । यसअघि मन्थली नगरपालिकाका ९ जना रामछाप नगरपालिकाका ८ जना, दोरबा गाउँपालिकाका १० जना, लिखु तामाकोसी गाउँपालिकाका १८ जना र गोकुलगंगा गाउँपालिकाका १९ जना व्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षणको पीसीआरका लागि पठाइएको थियो । मन्त्रालयका अनुसार रामेछाप स्थायी घर भई जुम्लामा कार्यरत एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।