रामेछापमा ५० पीसीआर र ८ सय ५१ आरडीटी परीक्षण

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ २३ २०७७
  • तामाकोशी

रामेछाप । जेठ २३ गते,
रामेछापमा ५० जनाको पिसिआर र ८ सय ५१ जनाको आरडिटी परीक्षण गरिएको छ । शुक्रबारसम्म जिल्लामा महिला १५ जना र पुरुष ३५ जनाको पीसीआर र १ सय ७८ जना महिला र ६ सय ७३ जना पुरुषको (आरडीटी) प्रविधिबाट कोभिड १९ को परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले बताए ।
हालसम्म मन्थली नगरपालिकामा ११ , रामेछाप नगरपालिकामा १७ , सुनापति गाउँपालिकामा २ ,गोकुलगंगा गाउँपालिकामा ४, खाँडादेवी गाउँपालिकामा १५ र जिल्ला अस्पतालमा एक जानको पीसीआर परीक्षण गरिएकोे कर्णको भनाई छ । मन्थली नगरपालिकामा ३ सय २४, रामेछाप नगरपालिकामा १ सय ३२, लिखुतामाकोशी गाउँपालिकामा ११, सुनापति गाउँपालिकामा १ सय ३५ ,दोरम्बा गाउँपालिकामा १५ , उमाकुण्ड गाउँपालिकामा ७० , गोकुलगंगा गाउँपालिकामा ७१, खाँडादेवी गाउँपालिकामा ८५ , जिल्ला अस्पतालमा ६ र जिल्ला कारागारका २ जनाको आरडिटी परीक्षण गरिएकोे कर्णको भनाई छ । रामेछापमा २०७७ वैशाख २ गते सोमबारबाट आरडिटी परीक्षण सुरु भएको थियो ।