काठमाडौं । जेठ २३ गते,
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या नेपालमा पनि दैनिक बढ्दै गएको छ । संक्रमितको संख्या दैनिक बढेजस्तै गरी यो भाइरसलाई जितेर घर फर्कनेको संख्या पनि बढ्दै गएको छ । जेठ २२ गते बिहिबारसम्म नेपालमा दुई सय ९० जनाले कोरोना भाइरसलाई जितेका छन् । विभिन्न जिल्लाका विभिन्न क्वारेन्टिन तथा आइसोलेशनमा बसेकाहरु कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । अहिलेसम्म नेपालको ६५ जिल्लामा कोरोना भाइरस फैलिएको छ । जेठ २२ गते बिहिबारसम्म कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ भने यो भाइरसबाट १० जनाको ज्यान गएको छ ।
नेपालमा २ सय ९० जना कोरोना मुक्त
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ २३ २०७७
- तामाकोशी