सिन्धुली । जेठ २२ गते,
सिन्धुली जिल्लामा भारतबाट आएका तीनसय जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको छ । भारतबाट आएर विभिन्न्न क्वारेन्टाइनमा बस्दै आएका ३ सय जना नागरिकको स्वाब संकलन गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौंली नगरपालिकाले आ –आफ्ना स्थानीय तह अन्तर्गतका विभिन्न क्वारेन्टाइनहरुमा बसेकाहरुलाई पिसिआर परीक्षण थालिएको छ । पहिलो चरणमा भारतबाट आएका २ सय नागरिकका लागि पिसिआर परीक्षणका लागि स्वाब संकलन थालिएको छ । सिन्धुली अस्पतालले पनि जिल्लामा फ्रन्ट लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको भिटिएम किटको माध्यमबाट पिसिआर परीक्षण गराउँदै आएको छ ।
भारतबाट आएका तीन सय जनाकोे स्वाब संकलन
- प्रकाशित मिति: बिहिबार, जेष्ठ २२ २०७७
- तामाकोशी