कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुग्यो, एकैदिन २०१ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २१ २०७७
  • तामाकोशी

काठमाडौं । जेठ २१ गते,
नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार तीन सय पुगेको छ । पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कोभिड १९ को संक्रमण पुष्टि भएकाको संख्या २ हजार ३ सय पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत चौबिस घण्टामा १७९ जना पुरुष र २२ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए । अहिलेसम्म पिसिआर परीक्षण ८० हजार २६७ जनाको भएको छ । क्वारेन्टिनमा १ लाख ५५ हजार ८६८ जना रहेको पनि मन्त्रालयले जनाएको छ । आइसोलेसनमा २ हजार १३ जना छन् ।