कोरोना संक्रमितको संख्या १५ सय ६७ पुग्यो, एकै दिन १६६ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति: आइतबार, जेष्ठ १८ २०७७
  • तामाकोशी

काठमाडौं । जेठ १८ गते,
नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ५ सय ६७ पुगेको छ । आइतबार एकै दिन १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो । आइतबार मकवानपुर हेटौंडाकी २५ वर्षीया महिलाको डिस्चार्जसंगै नेपालमा कोरोना निको हुनेको संख्या २२० पुगेको छ। हालसम्म नेपालमा कोरोना भाइरसका कारण ८ जनाको ज्या*न गएको छ ।