सिन्धुली । जेठ १८ गते,
सिन्धुली जिल्लामा आरडिटी पोजेटिभ देखिएका तीन जनाको पीसीआर विधिबाट गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । आरडिटी पोजेटिभ आएका जिल्ला अस्पतालमा उपचारका लागि आएका कमलामाई नगरपालिका वडा नं १४ का २३ वर्षका पुरुष ,सुनकोशी गाउँपालिकाको क्वारेन्टिनमा रहेका सुनकोशी गाउँपालिका वडा नं ३ का २० वर्षीया महिला र सुनकोशी गाउँपालिका वडा नं २ का २० वर्षका पुरुषको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिए । आरडिटी पोजेटिभ आएका तीनै जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि शुक्रबार धुलिखेल अस्पताल पठाइएको थियो ।
सिन्धुलीका तीन जनाको पीसीआर रिपोर्ट नेगेटिभ
- प्रकाशित मिति: आइतबार, जेष्ठ १८ २०७७
- तामाकोशी