खोटाङको एैंसेलुखर्क गाउँपालिका सिल

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १७ २०७७
  • तामाकोशी

खोटाङ । जेठ १७ गते,
दुई जना कर्मचारीको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि खोटाङको एैंसेलुखर्क गाउँपालिका सिल गरिएको छ । शुक्रबार जनप्रतिनिधि र कर्मचारी गरी ४८ जनाको आरडिटी विधिबाट परीक्षण गर्दा दुई जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएपछि गाउँपालिका अनिश्चित कालका लागि सिल गरिएको हो । अर्काे आदेश नआएसम्मका लागि गाउँपालिकामा सवारी साधन आवत जावत व्यापार व्यवसाय सञ्चालन लगाएतका गतिविधिमा रोक लगाइएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले जानकारी दिए । कर्मचारीमा आरडिटी रिपोर्ट पोजेटिभ आएपछि गाउँपालिकाबाट प्रवाह हुदै आएको सबै सेवाहरु बन्द भएको छ ।