रामेछापमा रिपोर्ट आउन बाँकि चार जनाको पनि पीसीआर नेगेटिभ

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १७ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १७ गते,
रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा गरिएको आरडिटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार साँझ गोकुलगंगा गाउँपालिकाका चार जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएसंगै जिल्लाभर आरडिटी पोजेटिभ आएका सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले गोकुलगंगा गाउँपालिकाका चार जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएसंगै जिल्लाबाट हालसम्म पीसीआरका लागि स्वाब पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको बताए । कर्णका अनुसार जिल्लामा हालसम्म ४७ जनाको पीसीआर र ८ सय २० जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लामा २०७७ वैशाख २ गते सोमबारबाट आरडिटी परीक्षण सुरु भएको थियो ।