सोलुखुम्बु । जेठ १६ गते,बिष्णु खड्का,
सोलुखुम्बु जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाका २७ वर्षका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला प्रशासनले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दोस्रो पटक पनि गरिएको पीसीआर परीक्षणका क्रममा पनि उक्त पुरुषमा कोरोना पोजेटिभ देखिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभयो । जिल्ला अस्पताल फाप्लुको आइसोलेशनमा उपचार भइरहेको संक्रमित ती पुरुषलाई बिहिबार थप उपचारका लागि कोरोना अस्पताल बिराटनगर पठाइएको प्रशासनले जनाएको छ ।
सोलुखुम्बुमा पहिलो पटक एक २७ वर्षका पुरुषमा कोरोना पुष्टि
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ १६ २०७७
- तामाकोशी