नेपालमा कोरोना संक्रमितको संख्या १०४२ ,एकैदिन १५६ जना थपिए

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १५ २०७७
  • तामाकोशी

काठमाडौं । जेठ १५ गते,
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ जना पुगेको छ भने १ सय ९० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।