रामेछापमा ४२ पीसीआर र ७ सय ७० आरडिटी नेगेटिभ

  • प्रकाशित मिति: बुधबार, जेष्ठ १४ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १४ गते,
रामेछापमा ४२ जनाको पिसिआर र ७ सय ७० जनाको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको छ भने पाँच जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । २०७७ जेठ १४ गते बुधबारसम्म जिल्लामा महिला १२ जना र पुरुष ३० जनाको पिसिआर र १ सय ६७ जना महिला र ६ सय ३ जना पुरुषको आरडीटी प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले बताए । कर्णका अनुसार गत शनिबार स्वाब पठाइएको एकजना र मंगलबार पठाइएको चार जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । हालसम्म मन्थली नगरपालिकामा ३ सय २५ आरडिटी,११ पीसीआर , रामेछाप नगरपालिकामा १ सय २२ आरडिटी , १४ पीसीआर , लिखुतामाकोशी गाउँपालिकामा ६ आरडिटी , सुनापति गाउँपालिकामा १ सय ३५ आरडिटी, २ पीसीआर ,दोरम्बा गाउँपालिकामा १५ आरडिटी , उमाकुण्ड गाउँपालिकामा १६ आरडिटी , गोकुलगंगा गाउँपालिकामा ७१ आरडिटी , खाँडादेवी गाउँपालिकामा ७६ आरडिटी,१५ पीसीआर र जिल्ला अस्पतालमा ५ जनाको आरडिटी प्रविधिबाट कोरोणा परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको कर्णको भनाई छ । आरडिटी रिपोर्ट पोजेटिभ आएका ५ जनाको पिसिआर परीक्षण रिपोर्ट आउन बाँकि छ ।