कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि पाँचजना अस्पतालबाट डिस्चार्ज

  • प्रकाशित मिति: बुधबार, जेष्ठ १४ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १४ गते,
पीसीआर विधिबाट गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि जिल्ला अस्पताल रामेछापको आइसोलेशनमा रहेका पाँच जना बुधबार डिस्चार्ज भएका छन् । आरडिटी पोजेटि आएपछि अस्पतालको आइसोलेशनमा बसेका २४ र ५० वर्षीय महिला , र ४९ वर्षका पुरुष गरी तीतजना प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका कर्मचारी र मन्थली नगरपालिकाका ३१ र २५ वर्षका पुरुषको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला अस्पताल रामेछापले एक विज्ञप्ति मार्फत जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका तीनजना कर्मचारीमा जेठ ९ गते विहिबार र मन्थली नगरपालिकाका २ जना पुरुषमा जेठ १० गते शुक्रबार आरडिटी पोजेटिभ देखिएपछि उनीहरुको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पाठाई सबैलाई जिल्ला अस्पतालको आसोलेशनमा राखिएको थियो ।