थप चार जना प्रहरीमा कोरोना संक्रमण

  • प्रकाशित मिति: आइतबार, जेष्ठ ११ २०७७
  • तामाकोशी

काठमाडौं । जेठ ११ गते,
नेपालमा थप चार जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बारा जिल्लामा आइतबार एकै दिन थप चार जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालयमा बारामा कार्यरत रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसात पण्डितले पुष्टि गरे । उनका अनुसार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय , कलैया १६ घर भएका ३४ वर्षीय , पर्सा घर भएका ३२ वर्षीय , र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी संक्रमित भएका छन् ।