काठमाडौं । जेठ १० गते,
भक्तपुरकी ४२ वर्षीया कोरोना संक्रसमित महिला वडा नं ९ की वडा सदस्य रहेको खुलेको छ । उनी राहात वितरण लगाएतका काममा सक्रिय रहेकी थिइन् । त्यहीक्रममा कोरोना संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले संक्रमित वडासदस्य महिलाको कन्ट्याक्ट ट्रेसिङ लिने काम भैरहेको र उनको सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण लगाएतका काम गरिने जानकारी दिए । संक्रमित महिलाको घरमा श्रीमान , छोराछोरी छन् । उनी मुटुको बिरामी रहेको बताइएको छ ।
वडा सदस्यलाई कोरोना संक्रमण पुष्टि
- प्रकाशित मिति: शनिबार, जेष्ठ १० २०७७
- तामाकोशी