रामेछाप । जेठ ९ गते,
रामेछापमा हालसम्म ३५ जनाको पिसिआर र ४ सय ६२ जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ । २०७७ जेठ ९ गते शुक्रबारसम्म जिल्लामा महिला ९ जना र पुरुष २६ जनाको पिसिआर र ७६ जना महिला र ३ सय ८६ जना पुरुषको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार अहिलेसम्मे रामेछाप नगरपालिकामा ४ जना महिला र १४ जना पुरुष , मन्थली नगरपालिकामा १ जना महिला र ५ जना पुरुष र खाँडादेवी गाउँपालिकाका महिला ४ जना र ११ जना पुरुषको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै हालसम्म मन्थली नगरपालिकामा १ सय ७६ जना , रामेछाप नगरपालिकामा ९८ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा ४४ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा १६ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ६४ जना र जिल्ला अस्पतालमा २ जनाको र्यापिड परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको कर्णको भनाई छ ।
रामेछापमा ३५ जनाको पिसिआर र ४६२ जनाको आरडिटी परीक्षण
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ ९ २०७७
- तामाकोशी