फेरी दुई जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ ९ २०७७
  • तामाकोशी

बुटलव । जेठ ९ गते,
कपिलवस्तुमा शुक्रबार कोरोना संक्रमण पुष्टी भएका ९ जनामध्य दुईजना पत्रकार रहेको खुलेको छ। दुईजनामध्ये एकजना कपिलबस्तु नगरपालिका वडा नं ३ तौलिहवाका २९ बर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं ८ का २४ बर्षका पुरुष हुन् । संक्रमित एकजना पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य समेत हुन् भने अर्का बाणगंगा नगरपालिका वडा नं ४ मा संचालित आवाज टेलिभिजनमा कार्यरत हुन् ।