रामेछाप । जेठ ८ गते,
रामेछापमा ४ सय ३९ जनाको र्यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । २०७७ जेठ ८ गते विहिबारसम्म जिल्लाको विभिन्न पालिकामा ७३ जना महिला र ३ सय ६६ जना पुरुषको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार अहिलेसम्म मन्थली नगरपालिकामा १ सय ७६ जना , रामेछाप नगरपालिकामा ९८ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा १६ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ६४ जना र जिल्ला अस्पतालमा २ जनाको र्यापिड परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै जिल्लामा ७३ जनालाई क्वारेन्टिनमा राखिएको छ । विहिबारसम्म विभिन्न पालिकाहरुमा २१ जना महिला र ५३ जना पुरुषलाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख कर्णले जानकारी दिए । कर्णका अनुसार अहिले उमाकुण्ड गाउँपाकिलामा भारत लगाएत विभिन्न देश तथा काठमाडौँबाट आएका २१ जना , मन्थली नगरपालिकामा १९ जना , गोकुलगंगा गाउँपालिकामा १५ जना , खाँडादेवी गाउँपालिकामा १७ जना र लिखुतामाकोशी गाउँपालिकामा १ जनालाई क्वारेन्टिनमा राखिएको छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म जिल्लामा ७१ शैयाको आइसोलेशन कक्ष र ३ सय ३१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।
रामेछापमा ४ सय ३९ र्यापिड टेष्ट, ७३ जना क्वारेन्टिनमा
- प्रकाशित मिति: बिहिबार, जेष्ठ ८ २०७७
- तामाकोशी