रामेछाप । जेठ ८ गते,
रामेछाप जिल्लामा कोरोना आशंकामा स्वाब संकलन गरी पठाइएका २० जनाको परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । तर कोरोना संक्रमण पुष्टी भएका २३ बर्षका पुरुषको गाउँ राकाथुम १५ जनाको भने रिपोर्ट आउन बाकि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछापमा २०७७ जेठ ८ गते विहिबारसम्म २० जनाको कोरोना आशंकामा स्वाब लिएर पिसिआर विधिबाट परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनले अहिलेसम्म जिल्लाको रामेछाप नगरपालिकाका १४ जना र मन्थली नगरपालिकाका ६ जनाको स्वाब संकलन गरी कोरोणा परिक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट आएको र राकाथुमका १५ जनाको विहिबार बेलुका सम्म रिपोर्ट आउने बताए ।
रामेछापमा २० जनाको कोरोना रिपोर्ट नेगेटिभ, राकाथुमका १५ जनाको रिपोर्ट आउँन बाकि
- प्रकाशित मिति: बिहिबार, जेष्ठ ८ २०७७
- तामाकोशी