कोरोना संक्रमित व्यक्तिको स्थायी घर रामेछाप, बसोबास काठमाडौं

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ ६ २०७७
  • तामाकोशी

रामेछाप । जेठ ६ गते,
रामेछापमा भेटिएको भनिएका कोरोना संक्रमित व्यक्ति अन्यत्रै बसोबास गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले कोरोना संक्रमण भएका व्यक्ति रामेछाप स्थायी ठेगाना भै अहिले काठमाडौं उपत्यकामा बासोबास गरिरहेको बताए । कर्णका अनुसार ती व्यक्तिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना परिक्षणका लागि स्वाब दिएका थिए । उनले ती व्यक्तिको पुर्ण ठेगाना र अन्य विबरण बारे जानकारी लिने काम भैरहेको बताए । यसअघि मंगलबार अपरान्ह् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा रामेछापमा पनि एकजनामा संक्रमण पुष्टी भएको जानकारी दिएको थियो ।