काठमाडौं । जेठ ५ गते,
नेपालमा थप एकजना पत्रकारलाई कोरोना संक्रमण पुष्टी भएको छ । सोमबार थपिएका ९ जना कोरोना संक्रमित मध्य एकजना पत्रकार हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित पत्रकार बाराका ३८ बर्षका पुरुष हुन् । उनी बाराको एक एफ.एममा कार्यरत छन् । यसअघि पर्सा जिल्लामा २ जना , उदयपुर १ र जनकपुरमा १ जना पत्रकारमा कोरोना संक्रमण पुष्टी भैसकेको छ । योसंगे नेपालमा कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।
थप एक जना पत्रकारलाई कोरोना संक्रमण पुष्टी
- प्रकाशित मिति: सोमबार, जेष्ठ ५ २०७७
- तामाकोशी