कोरोनाले नेपाल सहित विश्वभर ९६ जना नेपालीको ज्या*न लियो

  • प्रकाशित मिति: आइतबार, जेष्ठ ४ २०७७
  • तामाकोशी

रामेछाप । जेठ ४ गते,
कोरोना भारसका कारण विश्भर ९६ जना नेपालीको ज्या*न गएको छ । विश्वका विभिन्न मुलुकमा गरी जेठ ३ गते शनिबार सम्म ९६ जना नेपालीको ज्या*न गएको गैरआवासीय नेपाली संघले जनाएको छ । शनिबार सम्म सबै भन्दा बढि बेलायतमा ६३ जनाको कोरोनाका कारण ज्या*न गएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ । अहिलेसम्म अमेरिकामा १५ जना , संयुक्त अरब इमिरेट्समा ( युएई) मा ९ जना , साउदी अरबमा २ जना , आयरल्याण्डमा १ जना , जापानमा १ जना , टर्कीमा १ जना , नेदरल्याण्डमा १ जना , बहराइनमा १ जना स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण ज्या*न गएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा.संजिव सापकोटाले जानकारी दिए । कोरोनाका कारण ज्या*न गुमाउनेमा ७७ जना पुरुष र १९ जना महिला छन् । यो सातामात्र नेपाल सहित थप १८ जनाको ज्या*न गएको छ ।