उदरयपुरका एक पत्रकारमा कोरोना संक्रमण

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ३ २०७७
  • तामाकोशी

उदरयपुर । जेठ ३ गते,
उदरयपुर जिल्लाका एक पत्रकारमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जिल्लाको एक जना पत्रकारलाई कोरोना संक्रमणको पुष्टि भएको नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिए । संक्रमण पुष्टि भएका पत्रकारको ठेगाना त्रियुगा नगरपालिका नै हो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ । संक्रमितमध्ये ३३ जना उदयपुरको भुल्केमा भेटिएका हुन् । जसमा संक्रमितमध्ये १२ जना भारतबाट आएका जमाती हुन् । ४ जना विराटनगरका हुन । १६ जना भुल्केका वासिन्दा हुन् । प्रदेश १ मा भेटिएका संक्रमितमध्ये २ जना झापा र १ जना भोजपुरका हुन् । संक्रमितमध्ये १७ जना उपचारपछि घर फर्किसकेका छन् ।