रामेछापमा (आरडीटी) परिक्षण रोकियो, जिल्लाभर ३३ जना क्वारेन्टिनमा

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ २ २०७७
  • तामाकोशी

रामेछाप । जेठ २ गते,
सरकारले कोरोनाको परिक्षणको दायरा बढाइएको भनिरहदा रामेछापमा र्‍यापिड परिक्षण रोकिएको छ । २ नगरपालिका ६ गाउँपालिकाको ६४ वटा वडा रहेको रामेछापको गाउँगाउँमा कोरोना भाइरस परिक्षण गर्नुपर्नेमा अहिले जिल्लाभरनै र्‍यापिड परिक्षणनै रोकिएको छ । अहिलेसम्म २ सय २३ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको जिल्लामा केहिदिनदेखी परिक्षण कार्य रोकिएको छ । । र्‍यापिड परिक्षणका लागि आवश्यक किट प्रयाप्त नहुदा परिक्षण गति सुस्त हुदै गएको थियो । जिल्लामा (आरडीटी) परिक्षणको दायरा बढाउँन आवश्यक किटको माग गरिएको जिल्ला अस्पताल रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले बताए
कर्णका अनुसार जेठ २ गते शुक्रबारसम्म जिल्लाको विभिन्न पालिकामा ५० जना महिला र १ सय ७३ जना पुरुष गरी २ सय२३ जनको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबारसम्म रामेछापमा ३३ जनालाई क्वारेन्टिनमा राखिएको छ । अहिले उमाकुण्ड गाउँपाकिलामा भारत लगाएत विभिन्न देश तथा काठमाडौँबाट आएका २१ जना र मन्थली नगरपालिकामा ४ जना र गोकुलगंगा गाउँपालिकामा विभिन्न स्थानबाट आएका ८ जनालाई क्वारेन्टिनमा राखिएको जिल्ला अस्पताल रामेछापका प्रमुख कर्णले जानकारी दिए । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म जिल्लाभर ३ सय ३१ शैयाको क्वारेन्टिन र ६१ शैयाको आइसोलेशन कक्ष स्थापना गरिएको कर्णले जानकारी दिए ।