भारतमा कोरोनाका कारण एकैदिन १३५ को मृत्यु, मृत्यु संख्या २५५१ नाघ्यो

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १ २०७७
  • तामाकोशी

काठमाडौं, जेठ १ गते। कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह भएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।
विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा बिहीबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय ५१ पुगेको छ भने संक्रमितको संख्या ७८ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ७ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने १ सय ३५ जनाको मृत्यु भएको छ ।